प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…

गुणात्मक रुपमा स्वास्थ्य सेवालाई प्राथमिकता : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका नबनियुक्त स्वास्थ्यमन्त्री बिष्णु पन्थीले पदभार ग्रहण गर्नु भएको छ। पदभार ग्रहण पछि २ बटा नयाँ निर्णय गर्नु भएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटा लगाएतका अधिकारी बाट स्वागत, छलफल सहित महत्वपूर्ण निर्णय भएको छ। नयाँ निर्णयमा कपिलवस्तुको चन्द्रौटा स्थीत सरुवा रोग अस्पतालको कार्य यथाशिघ्र सञ्चालन गर्ने र प्रदेशका सबै जिल्लाहरुमा कम्तीमा ४ वटा विशेषज्ञ सेवा ३ /३ महिनामा संचालन गर्ने निर्णय भएको छ । जसलेगर्दा प्रादेशिक अस्पताल बुटवलमा चाँप घट्नेछ। नवनियुक्त स्वास्थ्य मन्त्री पन्थीले पत्रकार हरु संग कुरा गर्दै उहाले आधारभुत स्वास्थ्यलाई गुणस्तरीय बनाउने बताउनु भएको छ।स्वास्थ्य…