शुद्धोधनमा शारीरिक अपांगता परिक्षण सम्बन्धि घुम्ती शिबिर सम्पन्न

स्वास्थ्यसमाचार/  शुद्धोधन गाउपालिका एक दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिबिर सम्पन्न भएको छ।
अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा को आयोजना र शुद्धोधन अपाङ्ग संघ , फर्साटिकर को समन्वयमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती सम्पन्न भएको हो।

शुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई ,प्रबक्ता केशव प्रसाद अधिकारी गाउँपालिकाका भुतपुर्व अध्यक्ष किशुनचन्द्र चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै यस अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाले गाउँपालिका संग समन्वय गरि अपाङ्गहरुको हितका लागि टाढादेखि आएर अपाङ्ग बिरामीहरू को उपचार गरि सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै शुद्धोधन अपाङ्ग संघले पालिका भित्रका अपाङ्गहरुको हितका लागी आफुहरु लागी रहेको बताए ।उनले गाउँपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

घुम्ती शिबिरमा ७२जना अपाङ्ग सेवाग्राहीले चेकजाँच गरी औषधी र साहायक सामाग्री जुत्ताको नापजाँच गरिएको र व्हिलचेयर दुई थान,बैशाकी दुई थान वितरण गरिएको र थप अपाङ्ग बिरामीहरु लाई उपचार अप्रेसन का लागि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपामा निःशुल्क उपचार गरिने शुद्धोधन गापा महिला तथा बालबालिका शाखा प्रमुख गिता पछाईले वताईन।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाका डाक्टर निश्चल घिमिरे,अ,बा,अ,पु,के,का फिजियोथेरापिष्ट योज्ञेन्द्र यादव,शिविर व्यवस्थाक सुपरभाइजर शालिकराम तिमिल्सिना,मानपकडी स्वास्थ्य चौकीका ईन्चार्ज कविराज गौतम,अपाङ्गबाल हस्पिटल बुटवल शाखाका प्रतिनिधि राजाराम चौधरी, कार्यपालिका सदस्य रुकमणी थारु , शुद्धोधन अपाङ्ग संघ का अध्यक्ष बिष्णु बहादुर थापा , लगाएत संघ का सागर क्षेत्री , बिष्णु प्रसाद अधिकारी तथा अन्य अपाङ्गता भएका ब्यक्ती हरुको उपस्थितिमा भएको थियो। संचालन महिला तथा बालबालिका शाखा लक्ष्मी खत्रीले गरिन ।

सम्बन्धित शिर्षक :