स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वदन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले सुभारम्भ कार्यक्रममा बोल्दै खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउनु भयो उहाले खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको बताउनु भयो। खोपद्वारा नै आमा…