गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा नियुक्त

पोखरा, / गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डा शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलयमा थिए ।स्वास्थ्य मन्त्रालयमा सचिव रहेका डा विश्वबन्धु वगाले अध्ययनका लागि अष्ट्रेलिया अध्ययनका लागि गएपछि स्वास्थ्य मन्त्रालय सचिव विहीन भएको थियो ।

सम्बन्धित शिर्षक :