रास्वपाले टुंग्यायो मन्त्रीहरु, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्यसमाचार/ डा. तोषिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । ललितपुर ३ बाट प्रतिनिधीसभा विजयी भएकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज्यमन्त्री बन्न लागेकी हुन् ।

तर, सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेपछि डा। कार्की राज्यमन्त्री बनेकी हुन् । उनले निर्वाचनमा हेविवेट उम्मेदवार निवर्तमान उर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्यमन्त्री लिँदा डा कार्की स्वास्थ्यमन्त्री बन्ने लाइनमा थिइन् ।

तर, सत्तारुढ गठबन्धनका दलहरुबीच भागवण्डा हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेपछि डा कार्की राज्यमन्त्री बनेकी हुन् । डा। कार्कीले जनरल सर्जरीमा काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एमडी गरेकी छन् ।

उनले यसअघि केही समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जनका रुपमा काम गरिसकेकी छन् । चिकित्सकहरुमाझ लोकप्रिय रहेकी उनले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पनि पपुलर मत ल्याएर निर्वाचित भएकी थिइन् । तर, पछि उनले प्रतिनिधीसभामा विजयी भएपछि उक्त पदबाट राजीनामा दिइन् ।

सम्बन्धित शिर्षक :