निर्वाचन आयोगले भन्यो: गर्भवती, बिरामी र अशक्तका लागी सहज व्यवस्था मिलाउनु

स्वास्थ्यसमाचार/ मंसिर ४ मा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । उनले आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुने जानकारी दिए ।उनले मतदान केन्द्र निर्माण गर्दा लैंगिक गर्भवती, जेष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका सहज हुने गरी बनाउन निर्देशन दिइएको बताए । ‘आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ,’ उनले भने, ‘मतदान…