लुम्बिनीमा डेंगुको महामारी बढदो तथ्यांकमा स्थानिय र प्रदेश बेखबर

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याक अनुसार लुम्बिनीमा गत साउनदेखि हालसम्म ३ जना संक्रमितको मृत्यु भएको हो ।

त्यो संख्यामा तीन साताअघि मन्त्रालयको ५ सय मिटरमा पर्ने कालिकानगरमा मृत्यु भएका पूर्वगाविस उपाध्यक्ष चुरामणि आचार्यको नाम ठेगाना नै छैन भने रुपन्देहीको देवदह ५ खैरेनीमा केही दिनअघि डेंगुबाटै मृत्यु भएका ७२ वर्षीय दुर्गाप्रसाद सुवेदीको नाम ठेगाना उल्लेख छैन ।

कालिकानगरमा मृत्यु भएका आचार्य र खैरेनीमा मृत्यु भएका सुवेदीबारे अखबारमा खबर आएका थिए । जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहले चासो राखेको ती घटनामा मन्त्रालयको पनि बेवास्ता पाइयो ।

‘हामीले सूचना दिने ठाउँमा सूचना दिएका हौं, सरकारले कम व्यक्तिको मृत्यु भएको भनेर सूचना लुकाउन यस्तो गरेको होला, नियन्त्रणका काम गरेका छौं भनेर यस्तो सूचना लुकाएर हुन्छ ? सबै नागरिकलाई डेंगुको अवस्था कस्तो छ, सरकारले के गरेको छ भन्ने प्रष्ट छ’– चुरामणिका आफन्तले भने ।

मन्त्रालयले भने निजी अस्पतालमा भएका तथ्यांकहरू नभएको जवाफ दिएका छन। । प्रदेशको स्वास्थ्य मन्त्रालयसँग पाल्पा, दाङ र बर्दियामा एक/एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको मात्र तथ्यांक रहेको प्रवक्ता डा. पुष्पराज पौडेलले वताए।

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु पौडेलले वताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनीमा ३ हजार ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । दाङमा १ हजार ४१०,रुपन्देहीमा ७३७, गुल्मीमा २९९, अर्घाखाँचीमा पाल्पा, नवलपरासी संक्रमित रहेको पौडेलले वताए ।

त्यस्तै नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ ।

देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ । यसैबिच सरकाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।

 

सम्बन्धित शिर्षक :