लुम्बिनी प्रादेशिक अस्पतालमा शुभकामना ,स्वागत र सम्मान कार्यक्रम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत र छठ पर्व२०७९को उपलक्ष्यमा शुभकामना सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो।

 

स्वास्थ्यकर्मि संघका ईकाई समितिका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता, अस्पतालका मेसु डा ईन्द्र ढकालको प्रमुख आतिथ्यता, नेपाल स्वास्थ्यकर्मी संघरुपन्देही जिल्ला अध्यक्ष राम प्रसाद ढकालको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका सचिब वालकृष्ण कडेल, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेस महासचिव नेत्र प्रसाद आचार्य ,लुम्बिनी प्रादेशिक अस्पताल नासु चिरञ्जीबी घिमिरे एफएचका धर्मराज भटराई ,नान लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष हरि केसी ,नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती अध्यक्षकाअमीर राई   लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एबं लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले आफु प्रमुख भएर आएको बेलादेखिनै कर्मचारीको पक्षमा का मगदै आएको बताउनु भयो उहाले बिगत लामो समयदेखी रोकीएको समिति भत्ता कोरोना भत्ता बिकास समितिका कर्मचारीलाई पर्यटनकाजको ब्यबस्था अस्पतालमा ईएचएस सेवा सुरु लगायतका काम गरेको बताउनु भयो ।

उहाले अस्पतालमा थोरै कर्मचारीका बिचपनि धेरै सेवा दिएको बताउनु भयो।उहाले अस्पतालमा कार्यरत कर्मचारीको लागी अस्पतालमा ११५ जनाको लागी क्याटर बन्नको लागी यसै बर्ष डिपीआर हुने भएको बताउनु भयो।

उक्त कार्यक्रममा राष्ट्रपति प्रबल जनसेवाश्री पदक बाट विभूषित हुन सिफारिस हुनुभएका लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल अस्पतालमा सरुवा भएर आउनु भएका नासु चिरञ्जीबि घिमिरे लगायका अस्पतालमा आउनु भएका चिकित्सक नर्स तथा अन्य कर्मचारीलाई स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा अतिथि विभिन्न बिभाग को प्रमुख विशेषज्ञ चिकित्सक ,विशेषज्ञ चिकित्सक , ,विभिन्न वार्ड शाखा प्रमुख हरु लगायतको सहभागी कार्यक्रमको लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष भागिरथ रानाको स्वागत र नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रादेशिक अस्पताल इकाई समिति अध्यक्ष दयासागर पन्थीले संञ्चालन गर्नु भएको थियो। ।

सम्बन्धित शिर्षक :