रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान

स्वास्थ्यसमाचार / रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी , एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेङ्गु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन ।

राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माईकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रम संयोजक कमला हमालले सचेतना डेगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना भएको बताईन । यसैलाई मध्येनजर गरि सबै क्लबहरुको सहकार्यमा कार्यक्रम चलाएको उनले बताइन ।

बुटवल उपममहानगरपालिकाका स्वस्थ्य शाखाका सिद्धार्थ आचार्य, इनरह्वील क्लब अफ बुटवल जितगढीका अध्यक्ष गिता शर्माले कोभिडसंग डेगुको प्रकोप पनि देशभर देखिएको हुदा स्थानिय सरकारबाट सचेतना र रोकथामको उपायमा जोड दिनुपर्ने बताए ।

 

सम्बन्धित शिर्षक :