चौबिस घण्टामा थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना डिस्चार्ज

स्वास्थ्यसमाचार/ पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ सय २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ११ नमुना परीक्षण गर्दा २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६७, ललितपुरमा १५ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ८५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ रहेको छ । त्यसैगरी आइसीयूमा ४४ जना र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेका छन् । आज मृतकको संख्या शून्य रहेको छ ।

सम्बन्धित शिर्षक :