स्वास्थ्यसमाचार/ आर्थिक अभाव असाहय गरिब तथा बिपन्न वर्गको लागी लुम्बिनी प्रादेशिक अस्पताल उपचारको साहरा बनेको छ। अस्पतालमा उपचारमा आएका कुनै पनि बिरामीहरु आर्थिक अभाबको कारण उपचारवाट नपाएर फर्केका छैनन।
अस्पतालको सामाजीक सेवा ईकाइवाट उनीहरुको निशुल्क उपचार गरिएको छ। अस्पतालमा आर्थिक बर्ष २०७८/७९मा अवधिमा १० हजार ५ सय जना लक्षित समुहले निशुल्क सेवा लिएका छन ।
समन्धीत पालिकाले सिफारीस तथा परिचयपत्रको आधारमा निशुल्क उपचार खाना तथा आबश्यकता अनुसार आउने जाने भाडा समेत लिने गरेको अस्पतालले जनाएको छ।त्यहाँबाट सेवा लिनेमा गरिब असहाय ,लैगीक हिसा प्रभाबित जेष्ठ नागरिक महिला स्वास्थ्यस्वयम सेबिका कुपोषित शहिद परिवार दैविक प्रकोप प्रभावित थुनुवा दुर्घटनामा परि उपचारमा समस्या भएको गरि जम्मा १० हजार ५ सय जनाले सेवा लिएको सामाजीक सेवा ईकाई प्रमुख नेत्र प्रसाद आर्चायले वताए।
अस्पतालले ति बिरामीहरुलाई यातयात खर्च खाना जाच अप्रेशन बेड औषधी लगायतका सेवा दिएको छ । त्यो सेवाको लागी २ करोड भन्दा बढी खर्च भएको आर्चायले वताए । गरिबले सेवा पाउनको लागी गाउँ नगरपालिका र वडाको सिफारीस जेष्ठनागरिकले बृद्धा भत्ता पाउने कार्ड नागरिक्ता लगायतको उमेर खुल्ने परित्रयपत्र महिलास्वयम सेबिका लगातले परिचयपत्र वा परिचयपत्रको आधारमा सेवा दिएको छ ।
आर्चायका अनुसार बिभिन्न फरक फरक रोगीहरुले कुनै पुरै कुनै शुल्क र कुनैलाई निशुल्क नहुने ब्यबस्था सरकारले गरिएको छ । अपाङहरु ४ प्रकारका भएपनि २ प्रकारका लाईमात्र उपचारमा ५० र निशुल्क छ। शहिद परिबार लाई पनि उपचारमा निशुुल्क र आउने जाने यातयात खर्च दिने ब्यबस्था रहेको छ तर स्थानियको हकमा यो सुबिधा छ।
गुल्मीका बिनोद नेपाली आर्थिक अभाबका कारण पाल्पाको प्रभाश अस्पतालले फिर्ता पठाएपछि उनी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न जिल्ला प्रसाशन कार्यलय गुल्मीले पठाएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालमा विनोदको कुरुवा बसेका उनका काका भिमबहादुर नेपाली भन्छ‘ प्रभास अस्पतालले त्यति धेरै पैसा मागे पछि केहि उपाय नभएका कारण मृत्यु कुर्न बाध्य भई फर्किएका थियौं ।
गुल्मी अस्पतालमा फर्के पछि इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्का , सिडियो साव, त्यस अस्पतालका ईन्चार्ज सहित थुप्रै सहयोग गर्नु भयो । हामीले माया मारेको मान्छे विनोदलाई बचाउन सक्यौ साउन २६ गते यस लुम्बिनी प्रादेशिक अस्पतालमा आएका हौं ।यहाँ आए देखि यस अस्पतालका मेसु ईन्द्र ढकाल अन्य डाक्टर , सिस्टरहरुले छिनछिनमा आएर हेरचाह–उपचार गर्नु भएको छ । अहिले सम्म एक पैसा खर्च लागेन ।
अहिले विनोद मृत्य्ुको मुखबाट फर्कियो। अब वाचेपछि त केहि गरेर खाला । सरकारी अस्पताल भन्थ्ये वास्तामा हामीलाई चाहिने सरकारी नै रहेछ सबैलाई धेरै धेरै धन्यवाद हामीजस्तै अरु गरिबपनि आर्थिक अभाबमा नमरुन यस्तै सधै सबैले सेवा पाईरहुन भिमबहादुर नेपालीले भने ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले भने गत ३ आर्थिक बर्षमा ५८सय ७७ सय र अहिले बढेर १०हजार ५सय भएको वताए ।यस अस्पतालमा असाहय कोहि नभएका उपचार गर्न आर्थिक अभाव भएका कुनैको पनि रकम अभावमा उपचार नरोकिएको वताए।
अस्पतालमा भैरहवाका १ जना बिरामीले १ बर्षदेखी उपचार गराएको र २लाख भन्दा बढी उपचार खर्च लागेको बताए। त्यस्तै गुल्मीका विनोद नेपालीको पनि आर्थिक अभाबमा उपचार समस्या भएको भन्दै गुल्मीबाट अस्पतालमा रिफर गरेका बिरामीको हामीले निशुल्क उपचार गरि निको भएको बताए ।
उनको पनि १ लाख जाति खर्च लागेको बताए ।अबस्था हेरीकन हामीले उपचारमा सहुलियत दिएका छौ गुल्मीका विनोद नेपालीको सबै निशुल्क हो खाना औषधी सिटिस्क्यान आईसियु कुनै शुल्क लिएका छैनौ डा ढकालले भने।
कुन कुन बर्गका बिरामीलाई छुट दिईन्छ
—अति विपन्न र ८५ बर्ष भन्दा माथिकालाई परिचयपत्र र सिफारीको आधारमा पुरै निशुल्क
—गरिब लाई ५० प्रतिशत छुट
—अपाङ रातो कार्डवाललाई पुरै निशुल्क
—अपाङ निलो कार्डवाललाई ५० प्रतिशत
—थुनुवा वेवारिसेलाई पुरै निशुल्क
—मानबसेवा आश्रमकालाई पुरै निशुल्क
—जेष्ठ नागरिकको हकमा६० देखी ६९ सम्मकालाई ५० प्रतिशत
—७०देखी ७९ सम्मका जेष्ठ नागरिकलाई ७५ प्रतिशत निशुल्क
—८० देखीमाथी सबैलाई निशुल्क उपचार
—लैगीक हिसा प्रभाबित पुरै निशुल्क
—सिमान्तकृत तथा लोप उन्मुखलाई ५० प्रतिशत निशुल्क
—महिला स्वयमसेबीका लाई ५० प्रतिशत शुल्क
—शहिद परिवालाई पुरै निशुल्क आउने जाने यातयात खर्च समेत

				
					
			
                            
                            
                            
प्रतिकया दिनुहोस्