नेपाल फार्मेसी संघ रुपन्देहीको शाखा कार्यालय उद्घाटन

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ जिल्ला शाखा रुपन्देहीको कार्यालय उद्घाटन गरिएको छ ।  एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ बुद्धपथमा संघको कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालयको संघका केन्द्रीय उपाध्यक्ष किरण ढकालले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष ढकालले व्यबसायिक शुद्धताको लागि संस्थाले केही समयभित्रै गुड फार्मेसी प्राक्टिस तालिम आयोजना गरिने बताउनु भयो ।

संघका रुपन्देही शाखा अध्यक्ष गणेशप्रसाद सेढाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संघका लुम्बिनी प्रदेश अध्यक्ष ध्रुवकुमार शर्मा, उपाध्यक्ष गोविन्द तिवारी महासचिव खेम तिवारी, सल्लाहाकारहरू पदम खनाल, मोहन चौधरी, खिम बा पौडेल , विष्णु भण्डारी, सह-कोषाध्यक्ष संजिता ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका जिल्ला महासचिव उदयबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :