बुटवल उद्योग वाणिज्य संघद्धारा तीनजना चिकित्सकलाई सम्मान

स्वास्थ्यसमाचार/ बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा संघले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो ।

संघको ६८ औं साधारण सभामा आयोजित कार्यक्रममा उहाँहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कदरपत्र प्रदान गरे । कारोना महामारीको समयमा सर्वसाधारणलाई स्वास्थ्य परामर्शको लागि निःशुल्क मोवाईल हेल्पडेस्क सञ्चालन गरेको थियो । उक्त हेल्पडेस्कमा बसेर तीनजना डाक्टरहरुले स्वास्थ्य परामर्श प्रदान गरेका थिए ।

त्यस्तै संघका गतिविधि र व्यवसायिक कृयाकलापमा उत्कृष्ट काम गरेवापत कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिलाई सम्मान गरिएको छ ।

 

सम्बन्धित शिर्षक :