बाढी पीडितको उद्दार र उपचार लाग्न चिकित्सक संघको अपील

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले बाढी, पहिरो र डुवानका कारण उत्पन्न आपतकालिन अवस्थामा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु तथा आफ्ना सम्पूूर्ण शाखादलाई आग्रह गरेको छ ।

संघले शनिबार विज्ञाप्तिमार्फत् आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर पहिरो तथा बर्षाबाट उत्पन्न हुन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रण तथा पिडित समुदायलाई आईपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि सक्रियता साथ जुट्न समेत अपील गरेको छ । संघले स्थानीय रुपमा दैविप्रकोप समितिसँग समन्वयका लागि समेत आग्रह गरेको छ ।

संघले सरकारसँग समेत बेपत्ता भएका नागरिकहरुको उद्धार कार्य अविलम्ब गर्न तथा नदि किनार नजिकका बासिन्दाहरुलाई सुरक्षित ठाउँतर्फ स्थानान्तरण गर्न, उनीहरुलाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवन यापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन माग गरेको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै संघले घाइते तथा विस्थापितलाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवन यापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत  माग गरेको छ ।तथा उद्धारको लागि सजग रही उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राख्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

 

सम्बन्धित शिर्षक :