लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ

स्वास्थ्यसमार/पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ परेकी छन्। शुक्रबार मध्याह्न जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको थियो।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट गल्याङ ५ की विमला पाण्डेयलाई शनिबार पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणको सरकारी आवासमा शिशुसहित पाण्डेय पक्राउ परेकी हुन्।

उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनका श्रीमान्‌को भने मृत्यु भइसकेको बताइएको छ।तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घन्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन्। अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन्। उनीसँगै पाण्डेयले सहयोग गर्ने बहानामा शिशु लिएकी थिइन्। जमुनाकी आमालाई ज्वानोको झोल पठाएर उनले भने शिशु लिएर फरार भएको बताइएको छ।

सम्बन्धित शिर्षक :