लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रमा बिहान ९ बजेदेखि नै बालबालिकाको चहलपहल सुरु हुन्छ। बच्चाको रोदन सुनिन्छ। कोही आमाको काखमा छटपटाइरहेका हुन्छन्, कोही बुवाको हात समातेर आफ्नो पालो कुरिरहेका। कोही बच्चालाई फकाउँदै हुन्छन्, कोही हातमा बोकेको Vaccine Card हेर्दै खोपको मात्रा मिलाउँदै। त्यही भीडमा बच्चा समातेका एक अभिभावक भने अलि हतारमा देखिए। ‘मलाई हतार छ,’ उनले भने।‘के हतार छ ?’ भन्ने प्रश्नको जवाफमा उनले केही बताएनन्। उनको जवाफ थियो-‘हतार छ।’अस्पतालको मातृ तथा बाल स्वास्थ्य (MCH) सेवामा कार्यरत नर्सले उनलाई सम्झाइन्, ‘एकछिन पालो पर्खनुहोस् न ! बच्चाको भविष्यसँग जोडिएको खोप हो।’ त्यो…
लुम्बिनी प्रदेश सरकार
लुम्बिनी नीति–कार्यक्रम : स्वास्थ्य देखि कृषि, पर्यटन र सुशासनसम्म प्राथमिकता
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको १२७ बुँदे नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै कृषि, पर्यटन, पूर्वाधार र सुशासन सुधारका कार्यक्रमलाई पनि समेटेको छ। सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। साथै राप्ती प्रादेशिक अस्पताललाई २०० शय्याको अस्पतालमा स्तरोन्नति गरिने नीति लिइएको छ। स्वास्थ्य सेवा पहुँच विस्तार र सेवा गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ। स्वास्थ्यसँगै कृषि क्षेत्रमा ‘एक पालिका–एक अर्गानिक/रैथाने बाली’ नीति लागू गरिने भएको छ भने विभिन्न जिल्लामा…
लुम्बिनीमा कोरोना वाट ज्यान गुमाएका परिवारलाई ३ बर्षपछि राहत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमण भई ज्यान गुमाएका परिवारलाई राहत रकम तीन वर्षपछि बाँकी रकम निकासा दिएको छ ।राहत दिन बाँकी रहेका दाङसहित प्रदेशका १२ जिल्लाका छ सय ३६ मृतकको परिवारलाई छ करोड ३६ लाख रुपैयाँ निकासा दिएको हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले कोरोना संक्रमित मृतकका परिवारलाई रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार लुम्बिनीका १२ जिल्लामा रकम निकासा दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला प्रशासन कार्यालयमा…


