स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ। वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका काप्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले वताउनु भयो।पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो…
प्रदेश स्वास्थ्य निर्देशनालय
एन्टीबायोटीकको उच्च प्रयोगले यसरी खराब बनाउँछ मिर्गौलालाई
स्वास्थ्यसमाचार/ सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ । शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।…
किन अझै रोग लुकाउछन् पाठेघर खसेका महिलाहरु
बुटवल – चिकित्सकहरु भन्छन्, ‘सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्ने, गहु्रगो भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने कारणले पाठेघर खस्ने समस्या धेरै हुन्छ । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्ने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले धेरै महिलाको पाठेघर खस्छ । जसलाई ‘आङ खस्ने’ रोगका नामले चिनिन्छ ।’ पाठेघर खस्ने समस्या भएका रुपन्देहीका महिला धेरै छन् । प्रजनन स्वास्थ्यको अभावमा कतिबेला के गर्नु पर्छभन्ने जानकारी नहुदा पनि महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समयमा गर्भनिरोधक औषधीको…
जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक जिम्मेवार निकाय को?
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय कार्यशाला एन्टिमाइक्रो (प्रतिजैविक) बुटबलमा सम्पन्न भयो।एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले प्रदेश सरकारले सचेत गराउनको लागी यो कार्यशालाको आयोजना गरेको हो। स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब डा बिकास देबकोटाको अध्यक्षतामा भएको प्रदेशस्तरीय कार्यशालामा ४ बटा कार्यपत्र प्रस्तुत गरिएको थियो।बिभिन्न बिषयमा प्रस्तुत उक्त कार्यपत्रहरु स्वास्थ्यमन्त्रालय गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्य,उपमहा निर्देशक पशुसेवा बिभाग डा बरुण कुमार शर्मा,एफएच एसका कन्टी डाईरेक्टर भगवान श्रेष्ठ र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटाले कार्यपत्र प्रस्तुत…
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै
स्वास्थ्यसमाचार/ सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको…
