यि हुन काँग्रेस लुम्बिनीकोे घोषणा पत्रमा समेटिएका स्वास्थ्यका बुँदाहरु

स्वास्थ्यसमाचार/ मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा स्वास्थ्यका क्षेत्रमा दीर्घरोग तथा डाइलासिस,निशुल्क देखी औषधी उद्योग प्रदेशभित्रै स्थापना गर्ने उल्लेख गरेको छ।बिहीबार बुटवलमा घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले पार्टीको केन्द्रीय घोषणापत्रलाई आधार मानेर प्रदेशका कामलाई प्राथमिकता दिदै घोषणापत्र तयार गरिएको वताउनु भयो । घोषणा पत्र सार्वजनिक गर्दे लुम्बिनीमा बौद्ध धर्माबलम्बीको बसोबास भएको मुलुकबाट प्रसुति गराउन आकर्षित गर्न बर्थिङ सेन्टरका रुपमा विकास गर्ने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय…