एमआरआई र सिटीस्क्यान खरिदमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार

स्वास्थ्यसमाचार/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई र सिटी स्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व रजिस्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरुलाई बयानका लागि पत्राचार गरेको छ । प्रतिष्ठानका सर्जरी विभागका एक जना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा डा संगीता भण्डारीको कार्यकालमा सिटी स्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखित रुपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । ती चिकित्सककाअनुसार प्रतिष्ठानका पूर्व रजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्व कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्व कामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकर लामिछाने, डिन डा सागर…