स्वास्थ्यसमाचार/न्यू होराइजन मावि, बुटवलले विद्यालयमा अध्ययन गरी मेडिकल क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका डाक्टरहरुलाई सम्मान गरेको छ । ४४ जना बुटवल क्षेत्रमा कार्यरत एमडी डाक्टरमध्ये ३३ जना र गत वर्षको एसईईमा उत्तीर्ण भई एमविविएस, बीएस्सी नर्सिङमा नाम निकाल्न सफल गरी करिब ५० जनालाई सम्मान गरेको हो । उनीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले डाक्टरहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले होराइजन राष्ट्रको गौरव रहेको बताउँदै यसले शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । अबको सम्मानित चिकित्सक जस्तै अब उत्पादन हुने होराइजनका विद्यार्थीहरुले देशमै केही गरेर देखाउनुपर्नेमा…
समाचार
स्वस्थ्यसँग जोडिएको साईकल चलाउने बानी बसालौ :नगर प्रमुख खाँण
स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा निमार्ण गरिएको साईकल लेनको समुद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाले योगीकुटी देखी भलबारीसम्म सर्भिस लेनमा रेखांकन गरेको साईकल लेनको नगरप्रमुख रामकृष्ण खाडले साईकल चलाएर समुद्घाटन गरे । कार्यक्रममा उनले तिलोत्तमा नगरपालिकालाई चिनाउने नया काममध्ये साईकल लेन उदाहरणीय काम भएको बताए । शहरी क्षेत्रमा हुने ध्वनि प्रदुषण, पार्किङ समस्यासँगै स्वस्थ्य सरोकारसँग जोडिएको साईकल चलाउने बानी बसाल्नुपर्ने उनले बताए । ‘नगरबासीलाई साईकल चलाउने संस्कार बसाउने अभियान हो ।’– उनले भने । योगीकुटी र भलबारीसम्मको दोहोरो २० किलोमिटरको साईकल लेन तयार भएको हो । नगरभित्र सर्भिस लेनमा पार्किङ नहुदा धेरै कठिनाइ…
डा. प्रमोद जोशी स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा नियुक्त
स्वास्थ्यसमाचार/सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशीलाई नियुक्त गरेको छ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा जोशी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो। डा जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन्।
लुम्बिनी प्रदेशमा‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्री परिषदले नियमावली स्वीकृत गरेको हो ।ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधि पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावली सहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामति सेवा नियमावली २०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताउनु भयो। केहि समय अघि सरकार बने लगतै प्रदेश निजामति सेवा ऐन जारी भएको थियो…
सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो
स्वास्थ्यसमाचार/मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दुर्व्यवहार गरेको छ । अधिकारीकै कार्यकक्षमा प्रवेश गरी उनीहरूले कालोमोसो दलेका हुन् । घटना बिहान साढे ११ बजेतिर भएको प्रहरीले बताएको छ ।
बुटवलमा ५३ हजार बालवालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाको आयोजनामा दादुरा रुवेला खोप अभियानको क्रममा नगरस्तरीय खोप सञ्चालक समिति, स्वाथ्य स्वयमसेवकहरुलाई तथा सञ्चारकर्मीहरुको वीचमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको अन्तरक्रिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय ले खोप अभियान ले बालबालिकाहरुलाई रोग लाग्नबाट जोगाउने भएकोले सबैले साथ दिनुपर्ने बताएका थिए । उनले यो अभियान राष्ट्रिय अभियान समेत भएको कारणले गर्दा यसलाई सफल बनाउनको लागि विद्यालयका शिक्षक, अभिभावक तथा सरोकारवाला निकाय सबैले साथ दिनुपर्ने बताएका थिए । बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले खोप अभियान आफैमा महत्वपूर्ण अभियान भएको कारण यो…
अस्पतालको ११४ औं वार्षिकोत्सव फुटबल र भलिबल प्रतियोगिता
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो । खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम…
प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनीको अध्यक्षमा पौडेल निर्वाचित
स्वास्थ्यसमाचार/ प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट गणेश राज पौडेलको अध्यक्षतामा ४ बर्षे कार्यकाल रहेको ११ जना पदाधिकारी रहेको प्रदेश कमिटि निर्बिरोध निर्वाचित हुनु भएको छ। सो उपाध्यक्षमा हरि पुन सचिवमा बिनोद बि.सि. कोषाध्यक्षमा रोशनी पुन, सह सचिवमा माजिद अलि निर्वाचित भएका छन ।यस्तै सदस्यहरुमा सन्तोस भट्टराई, बालकृष्ण कँडेल, जितेन्द्र यादब जितेन्द्र प्रजापति, संजय हलवाई तथा बिबेक चौधरी रहनु भएको छ। अधिवेशनको उदघाटन गर्दे स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले जनस्वास्थ्यको क्षेत्रमा प्रदेश स्तरिय नीति निर्माण लगाएत प्राविधिक तथा कार्यन्वयन पक्षलाई सरकारी तथा गैर सरकारी निकायहरुमा सहयोग पुग्ने तरिकाले…
सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं१ (१)१ बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा…
तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका आनन्दवन स्वस्थ चौकीमा भिडियो– एक्स रे सेवा सुरु भएको छ। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गर्नु भएको छ। गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालीकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताउनु भयो । अब ‘ भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले नगरवासीले सेवा दिन सहज हुने बताउनु भयो। यो सेवा सुरु गर्नुअघि पालीका भित्र का गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि बुटबल लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले…