स्वास्थ्यसमाचार । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौं र सातौं तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरेकोमा स्वास्थ्य सेवाका आठौं र सातौं तह साथै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) को लागि कर्मचारी माग गरेको हो । आयोगकोले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्न लागेको हो । इच्छुक र तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि अनलाइन दरखास्त प्रणााली मार्फत…
समाचार
नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने
स्वास्थ्यसमाचार / नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ। कात्तिक २९ र ३० गते सम्मेलन हुने आयोजक संस्थाका अध्यक्ष प्राडा हेमन्त कुमार हलुवाईले बताए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन। नेपाल र नेपालभन्दा बाहिरबाट गरी ३ सय दन्त चिकित्सकको सहभागिता रहने अध्यक्ष हलुवाईले बताए।दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदानप्रदान, नयाँनयाँ अत्याधुनिक प्रविधिको प्रयोग प्रदर्शन एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्धेश्य रहेको डा हलुवाईले बताए। कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थहरुको बृहत प्रर्दशनी हुनेछ,…
भारतिय सिमाक्षेत्रबाट आउने बिरामीलाई सेवा दिन सकिन्छ सुबिधा दिन सकिदैन:- मन्त्री बराल
स्वास्थ्यसमाचार /प्रदेशं ५का सामाजीक बिकासमन्त्री शुदर्शन बरालले भारतिय सिमाक्षेत्रबाट नेपालमा उपचार गर्न आउने बिरामीलाई सेवा दिने सुबिधा दिन नसक्ने बताएका छन । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएकोे प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी समापनमा वोल्दै मन्त्री बरालले भारतिय सिमाना संग जोडीएका क्षेत्रवाट नेपालमा सुत्केरी हुन आउने महिला तथा उपचारमा आउने ,वालबालिकाहरु सेवा दिने र सुबिधा दिन नसक्ने वताएका हुन। प्रदेश नं ५मा तराईका ६ जिल्लासिमाना संग जोडीएका छन त्यहाबाट उपचार गर्न आउनेको संख्या उल्लेखनीय छ उनीहरुलाई सेवा दिन सकिन्छ सुबिधा सकिदैन मन्त्रीबरालले भने। समिक्षा कार्यक्रममा बोल्दै उनले प्रदेशअस्पतालका बिशेषज्ञ चिकित्सकहरुडाईनोसीसमा भन्दा उपचारमा…
नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोडे
स्वास्थ्यसमाचार /डडेल्धुरामा नौ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन स्थगीत गरेका छन्। उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्। गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन टोडेका छन् । केसीले अहिले भारतले नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : हाडजोर्नी प्रत्यारोपण सेवा विस्तार
(जुम्ला) — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा अमेरिकाको अरिगन स्टेडको राजवाक अस्पतालका विशेषज्ञ चिकित्सक हाडजोर्नी प्रत्यारोपण सेवा दिन आएका छन् । घुँडाको जोर्नी, हातको जोर्नी, घुँडा, हिप, मेरुदण्डमा नसा च्यापिएको, कुम फुस्किएकोलगायत जोर्नी प्रत्यारोपण गर्न डा. माइकल डेभिड भ्यान एन्ड्रोयड शिक्षण अस्पताल पुगेका हुन् । अस्पतालमा पुगेलगत्तै उनले हाडजोर्नी शल्यक्रिया सुरु गरिसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाडजोर्नी विभाग प्रमुख डा. मंगल रावलका अनुसार नेपालका ठूला भनिने एक/दुई अस्पतालमा मात्रै यो सेवा छ । ‘सस्तो शुल्कमा स्तरीय सेवा दिनेगरी एक महिनाका लागि भोलेन्टियर सेवा दिन अमेरिकाबाट विशेषज्ञ चिकित्सक पुगेका हुन्,’…
काठमाडौँमा शिक्षाविद्को सहभागितामा मधुमेह सम्बन्धी बृहत् सम्मेलन हुने
काठमाडौँ । नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेह सम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यस सम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए। उनले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड…
शुल्क फिर्ता नभएपछि युनिभर्सल मेडिकल कलेजमा तालाबन्दी
स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै उनीहरुले ताला लगाएका हुन् । ६ बुँदे माग राख्दै कत्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।विद्यार्थीबाट लिइएको बढी शुल्क फिर्ता लगायत उनीहरुका माग हुन् । सरकारले पनि बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजहरुलाई निर्देशन दिएको थियो तर अटेर गरेपछि विद्यार्थीहरुले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन र मानव संशाधन शाखामा तालाबन्दी गरेका हुन् । विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार…
नेपाल स्वास्थ्यकर्मी संघमा घिमिरेको ह्याट्रिक, महासचिवमा भट्ट
स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी ओम उपाध्यायलाई ११४ मत अन्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्ष पदमा घिमिरेले ३३१ मत ल्याउँदा उपाध्यायको २१७ मत आएको थियो । यो संगै घिमिरेले संघमा लगातार तीन कार्यकाल अध्यक्ष बन्दै ह्याट्रिक हानेका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी दीपक मुडभरीले १६७ मत र अर्का प्रतिस्पर्धी भवानी शर्माले ९९ मत ल्याएका छन् । खुल्ला उपाध्यक्षमा रमिला चौलागाईँले ३३१ मतका साथ विजयी भएकी छन् । उनको…
आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्ला अस्पतालमा आईसियुसेवा सञ्चालनमा ल्याउछौ :- मन्त्री बराल
स्वास्थ्यसमाचार/ आर्थिक बर्ष २०७५–७६ को स्वास्थ्य कार्यक्रमको प्रदेश स्तरीय बार्षिक समिक्षा गोष्ठी बुटबलमा सुरुभएको छ ।प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको गोष्ठी सामाजीक बिकास मन्त्री शुदर्शन बरालले उदघाटन गरे । आगामी आर्थिक वर्षदेखि प्रदेशमा भएका जिल्ला अस्पतालहरुलाई आईसियु सेवा सहित सञ्चालनमा ल्याउने तयारी गरिएको वताए । उनले जनतालाई सहज रुपमा सेवा प्रदान गर्नको लागि स्वास्थ्यकर्मीले साना साना कुरामा सुधार गर्नु पर्नेमा जोड दिए । साना साना कुराको सुधारबाट नै राम्रो प्रतिफल आउँने भएकाले स्वास्थ्यकर्मीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान पर्नेबताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका…
मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बिरामीलाई फलफूल बितरण
स्वास्थ्यसमाचार /मुस्लिम धर्मगुरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४९४ औं शुभजन्मोत्सवको अवसरमा रजा ए मुस्तफा मस्जिद समिति बुटवलले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । समितिका अध्यक्ष हाजी मकवुल मियाको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रमको उद्घाटन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले गरेका थिए ।त्यस अवसरमा उनले मुस्लिम धर्मगुरुको जन्मोत्सवमा सामाजिक र सेवामूलक कार्य गर्नु सह्रानीय रहेको बताए । उनले अस्पतालको नयाँ बन्ने संरचनामा सबै धर्मावलम्वीको प्रार्थनाका लागि स्थानको व्यवस्थापन गर्न पहल गर्ने बताए । समितिका अध्यक्ष मकबुल मियाले असहाय तथा बिरामीहरुको सहयोगका लागि आफ्नो संगठन…