लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टीकृत बनाउन २५ करोड

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

मन्त्री चौधरीले राप्ती अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेकोे बताए। यस्तै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड विरामीको निशुल्क उपचार गर्ने र स्तरीकरण गर्ने रुपन्देहीको रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय र दाडको बेलझन्डीमा रहेको आयुर्वेद अस्पतालमा १५ सैया संञ्चालन गर्ने बजेट बिनियोजन गरेको बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :