स्वास्थ्यसमाचार/४ अर्ब लगानीमा बनेको दाङको घोराही उपमहागरपालिका—३ भानपुरमा ३०० शय्याको सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल सञ्चालनमा आउने भएको छ । माघ मसान्तबाट ३०० शय्याको शिक्षण अस्पताल अत्याधुनिक उपकरणसहित सञ्चालनमा ल्याउने गरी सबै तयारी सकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक रोकाले जानकारी दिए । ‘माघ मसान्तबाट सेवा दिने गरी प्राविधिक, प्रशासनिक लगायतका सबै तयारी सकिएका छन्,’ सिईओ रोकाले भने, ‘निर्माण कार्य एक महिनाअघि सकेर हामीले ह्युमन रिसोर्सदेखि प्राविधिक तयारीसम्मका सबै कामहरु सकेका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० शय्याको स्वीकृती पाइसकेको सन्जीवनी अस्पताल ४ अर्ब लगानीमा…
संजीवनी शिक्षण अस्पताल
संजीवनी शिक्षण अस्पताल, दाङ्गको ‘शुभसाइत कार्यक्रम’ सम्पन्न
स्वास्थ्यसमाचार/ बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घोराही उपमहानगरपालिका–३, भानपुरस्थित संजीवनी शिक्षण अस्पतालको ‘शुभसाइत कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। करिब ४ अर्ब लगानीमा स्थापना भएको अस्पताल दशैंलगत्तै पूर्ण सञ्चालनमा आउने तयारीमा छ। हाल ३०० शैयाबाट सेवा प्रारम्भ हुने र आगामी तीन वर्षभित्र ५०० शैयामा विस्तार गर्ने लक्ष्य राखिएको अस्पतालले आइसियु, सिसियु, एनआइसियु, पिआइसियु, एमआइसियु, डायलासिस, क्याथ ल्याब तथा ५० शैयाको आकस्मिक सेवा २४ घण्टा उपलब्ध गराउनेछ। अस्पतालमा न्युरोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी लगायतका विशिष्टिकृत सेवा उपलब्ध हुने जनाइएको छ। साथै ‘बी’ श्रेणीको अत्याधुनिक प्रयोगशाला, एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, डिजीटल…

