स्वास्थ्यसमाचार/संजीवनी टिचिङ हस्पिटल घोराही, दाङ र थवाङ गाँउपालीकाको सम्युक्त आयोजनामा रोल्पा जिल्लाको थवाङ आधारभुत अस्पताल झकेबाङ, थवाङमा दुइ दिने निशुल्क बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
यही असार चार र पाँच गते संचालन भएको सो सिविरमा सात सय बढी लाभान्वीत भए । सिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, शिशु तथा वालरोग, नाक कान घाटी, रेडियोग्राफी लगायतका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा थवाङ गाँउ पालिका अध्यक्ष ऋषिकेशव बुढामगरले सिविरले अस्पतालको पहुँच नपुगेका आम नागरिकले निशुल्क विशेषज्ञ सेवा, औषधी, भिडियो एक्सरे, ल्याव परीक्षण सहीतको उपचार र परामर्श पाउनु खुसीको कुरा भएको बताउनु भयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बाचसपति सुवेदीले सिविर संचालन गर्न सहकार्य गरेको प्रति थवाङ गाउँपालीका, रोल्पाका अध्यक्ष, स्वास्थ्य शाखा लगाएत सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सिविरले स्वास्थ्य सेवाको पहुँच नपुगेका वा विपन्न समुदायलाई निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने अस्पतालको उद्धेश्य रहेको बताउनु भयो ।
अस्पताल व्यावस्थापक सहप्राध्यापक मदन प्रसाद पन्थीले निशुल्क उपचार सेवा, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको् पहुँच, प्रेषण सेवा नै सिविरको मुख्य उद्धेश्य रहेको जानकारी दिनुभयो ।
उहाँले सिविरमा आउने नागरिकलाई ल्याब परीक्षण, औषधि वितरण, भिडियो एक्स–रे लगायतका सेवा समेत निःशुल्क रहेको जानकारी दिनुभयो । अस्पताल व्यावस्थापनले सिविरमा उपचारमा आउने विरामीलाई थप उपचारका लागि अस्पताल आउन परेमा बीस प्रतिशत सम्म छुट दिएर सेवा प्रदान गर्ने कुरा जनाएको छ ।
सिविरमा दुरदराजबाट विरामीहरु आएर सेवा लिनुभएको थियो । सिविर सेवा लिएका सेवाग्राहीहरुले डाक्टरको चेकजाच, परामर्शबाट आफूहरु सन्तुष्ट रहेको वताउनु भयो । भिडियो एक्सरे, ल्याव टेष्ट र औषधी समेत निःुशुल्क पाएकोमा आयोजक प्रति आभार व्यक्त गर्नुभयो । सिविर उद्द्धाटन सत्रको संचालन पालीकाको स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले गर्नु भएको थियो ।
दोस्रो दिन सम्पन्न समापन कार्यक्रममा पालीका अध्यक्ष ऋषिकेशव बुढामगर, स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन र नेपाल मगर संघ निवर्तमान केन्द्रिय उपाध्यक्ष तथा रोल्पाली सेवा समाजका संरक्षक दर्जित रोका मगरले अस्पताल व्यावस्थापन प्रति आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका सहकार्यको लागि पालीका सधै तत्पर रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरु, पालीकाका कर्मचारीहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, स्यम्सेविकाहरु, सुरक्षाकर्मीहरु लगाएतले सहयोग गर्नुभएको थियो ।



प्रतिकया दिनुहोस्