स्वास्थ्य समाचार/ स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे । अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा एमाले रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे । सो…
स्वास्थ्य शिविर
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर, ५सयले गराए निःशुल्क जाँच
स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर गरिएको छ । श्रृुंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा आयोजित शिविरमा करिव ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष करुण खनालले जानकारी दिए । शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग पुर्याएको थियो । शिविर सञ्चालनका लागि इनरह्वील क्लव अफ तिलोत्तमा, इनरह्वील क्लव अफ मिडटाउन, रोट¥याक्ट क्लवग अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य, रोट¥याक्ट क्लव अफ केआइसी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुरपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सहआयोजककोे भूमिका निर्वाह…
