हृदयाघात, मस्तिष्कघात र क्यान्सरबाट युवा अवस्थाको मृत्युदरमा वृद्धि

स्वास्थ्यसमाचार/नेपालमा हृदयाघात, मस्तिष्कघात, क्यान्सर जस्ता नसर्ने रोगहरू अत्यधिक मात्रामा बढ्दै गएको र युवा अवस्थाको मृत्युदरमा वृद्धि भइराखेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जनाएको छ । राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले केही वर्षयता अस्वस्थकर जीवनशैली, धुम्रपान, मद्यपान र चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको जनाउँदै नेपाली जनता विशेष गरी युवापिढीलाई जोगाउन खाना माट्रान्स फ्याट ९हानिकारक चिल्लो पदार्थ०को मात्रालाई नियन्त्रण गर्नु अति आवश्यक भएको जानकारी गराएको छ । प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा ‘ट्रान्स फ्याट धेरै भएका खानेकुराहरू सकेसम्म खाँदै नखाऔं’, भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्‍याउने दृष्टिकोणले प्रतिष्ठानका…

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

स्वास्थ्यसमाचार/बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने…

बुटवल उपमहानगरमा गर्भवती र सुत्केरीलाई पोषण सामग्री वितरण

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ ।महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवलले मुलुकमै नमूना…

तिलोत्तमा नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यसमाचार /नगरबासीका लागि कोभिड–१९विरुद्धको खोपको पहुँचमा पुर्याउने कार्यक्रम सहित तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरप्रमुख बासुदेव घिमिरेले बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीका लागि खोप उपलब्ध गराउन कुटनीतिक पहल भैसकेको बताए । नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ । प्राथमिक स्वास्थ्य सेवा मात्र रहेका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्ति तथा प्रविधियुक्त बनाइ विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, स्वास्थ्य चौकीहरुमा चिकित्सक सहितको सेवा प्रदान गर्ने विगतको कार्यलाई थप स्वास्थ्य…

यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !

रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…

हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी

स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…

विषादीयुक्त आँप बजारमा

स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । यस्ता  आँपले स्वास्थ्यमा असर पार्ने गरेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल…

पत्थरीबाट जोगिन दैनिक सेवन गर्नुहोस् अमला

एजेन्सी –अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न…

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिन सक्ने अध्ययनकर्ताहरुको भनाई छ । अनिन्द्रकै कारण कति धेरै समस्या सृजना हुदो रहेछ भन्ने कुरा यो अध्ययनले…