लुम्बिनी प्रादेशिक अस्पतालमा २० बेडको कोभिड आइसीयु वार्ड उद्घाटन

स्वास्थ्यसमाचार /बिगत २ बर्षदेखी धागोकारखानामा संञ्चालित लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो ।

कोभिड आइसीयु वार्डको अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले संयुक्त रुपमा वार्डको उद्घाटन गरे । उदघाटन समारोहमा बोल्दै अध्यक्ष सुर्यबहादुर भट्टराई अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए ।

अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले बिगत २ बर्ष देखी धागो कारखनामा संञ्चालनमा रहेको कोभिड आइसीयु वार्ड बिभिन्न बाबजुतका बिच सेवा दिएको बताउदै अब अस्पताल भबनमा ल्याएपछि सहज भएको बताए । उनले अस्पतालमा २० शैया रहेको आइसीयु सुबिधा सम्पन्न भएको डा खनालले बताए ।

डा खनालले कोरोना सुरु भएपछि को कुरा स्मण गराउदै भने यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले लामो समयदेखि सञ्चालन हुन नसकेको धागो कारखानामा अस्पतालले कोभिड वार्ड सञ्चालन गरेको थियो १५ महिनाजति अगाडिको कुरा) – हामीसंग ६ बेडको मात्र आइ सी यू थियो, जम्मा ३ वटा भेन्टिलेटर थिए।

कोभिड आयो– छुट्टै आइ सी यू बनाउने बाध्यता पर्यो।छुट्टै ठाउँमा मुख्य अस्पतालदेखि करीब ४ की मी दूरीमा रहेको बन्द धागो कारखानाको ठाउँको उपयोग गरेर तिब्र गतिमा अस्थायी ३६ बेडको जनरल आइसोलेशनदेखि शुरुमा ८ बेडको आइ सी यू र पछि १६–१८ बेडसम्म बिस्तार गर्दै त्यतिखेर गौतमबुध्द अस्पतालका एजाज आलम को सहयोगमा तत्काललाई प्राप्त ४ वटा भेन्टिलेटरको उपयोग गर्दै कोभिडका सिकिस्त बिरामीहरुको उपचार ब्यवस्थापन गरेको अस्पताल हो हाम्रो।

आज हामी आफ्नै अस्पतालको नयाँ स्थायी संरचनामा जसलाई भबिश्यमा इमर्जेन्सी बिभागको लागि प्रयोग गरिनेछ, त्यसैमा जोडेर २० बेडको आइ सी यू बनाइएको छ– जसलाई हाल कोभिड आइ सी यू को रूपमा प्रयोग गरिंदैछ। आज त्यसैको शुभारम्भ गरियो, प्रतीक्षामा रहेका बिरामीहरुलाई स्थानान्तरण गरियो। हामी उपचार ब्यावस्थापनलाई सजिलो बनाउंदैछौं।

यहाँहरुसंग धैर्यताको अपेक्षा राख्दैछौँ ।अस्पतालको संबेदनसिल पक्षलाई अझै बिस्तार र ब्यवस्थित गर्दैछौं । हामीसंग अहिले आफ्नै २४ वटा मेकानिकल भेन्टिलेटर रहेको खनालले बताए ।उदघाटन समारोहमा अस्पतालका चिकित्सक नर्सिड ईन्चार्ज प्रशासन लागाएतका कर्मचारीको सहभागी रहेको अस्पताल प्रसाशनका नासु श्रीराम पान्डेले बताए ।

सम्बन्धित शिर्षक :