सरकारको निर्णयपछि स्वास्थ्य मन्त्रालयमा एकै सचिव रहने व्यवस्था

स्वास्थ्यसमाचार/ सरकारले एक मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई प्रधानमन्त्री कार्यलय तानिएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका एउटा प्रशासनतर्फको सचिव र स्वास्थ्यतर्फको सचिव गरी दुई सचिव रहने व्यवस्था थियो । तर, सरकारले शासकीय सुधारअन्तर्गत मन्त्रालयको संख्या कटौती गरेर १८ मा झारेसँगै सचिवको दरबन्दीमा कटौती गर्न सुरु गरेको हो ।

एक मन्त्रालयमा एउटा मात्रै सचिव राख्ने तयारीसँगै अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एउटा मात्रै सचिव रहनेछन् । हाल स्वास्थ्य सचिव डा. विकास देवकोटा मात्रै स्वास्थ्य मन्त्रालयमा सचिव छन् ।

सरकारको यो निर्णयसँगै लामो समयदेखि दुई सचिव रहँदैं आएको स्वास्थ्य मन्त्रालयमा अब एउटा मात्रै प्रशासनिक नेतृत्व कायम हुने भएको छ । सरकारले अन्य दुई सचिव रहेका अधिकांश मन्त्रालयहरुबाट पनि सचिवहरु फिर्ता गरिसकेको छ । केहीमा मन्त्रालयका सचिवहरु भने फिर्ता गर्ने तयारीमा सरकार छ ।

सम्बन्धित शिर्षक :