स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका लागि ९७७ थप दरबन्दीसहित १८०८ पदको ओएनएम स्वीकृत

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी अन्तिम रूपमा स्वीकृत भएको छ। मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोग मार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया अघि बढाइनेछ।

यसअघि कायम रहेको ८३१ दरबन्दीमा थप ९७७ नयाँ दरबन्दी थपिएपछि मन्त्रालय अन्तर्गत कुल १८०८ दरबन्दी पुगेको हो। मन्त्रालयले नयाँ संरचनाअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको जनाएको छ।

मन्त्रालयका अनुसार यो स्वीकृत सूची संघीय पुल दरबन्दी संरचनासम्बन्धी व्यवस्था अन्तर्गत तयार गरिएको हो। साथै सिएमए, अहेब र अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीका लागि प्रदेश तथा स्थानीय तहमा निकट भविष्यमा ठूलो संख्यामा दरबन्दी खुल्ने तयारी भइरहेको जानकारी दिइएको छ।

मन्त्रालयले नयाँ दरबन्दी व्यवस्थापनले स्वास्थ्य सेवा विस्तार, विशेषज्ञ जनशक्ति अभाव न्यूनीकरण तथा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :