स्वास्थ्यमन्त्रीको निर्देशन: सहसचिवभन्दा तललाई रोक, दुरुपयोगका सरकारी गाडी मन्त्रालय तानियो

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय तान्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या खानेपानीमन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारीसाधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।

सवारीसाधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारीसाधन हाल मन्त्रालयमै राखिएको छ ।

गाडीहरू आवश्यकताका आधारमा कानुनबमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।कानुनअनुसार, सहसचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारीसाधन प्रयोग गर्ने व्यवस्था रहेको छ

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :