स्वास्थ्यसमाचार/ वैशाख ११ गतेदेखि देशभर ‘विश्व खोप सप्ताह’ सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुसार बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ खोप सप्ताह सुरु भएको हो।
मन्त्रालयका अनुसार खोप सप्ताह आगामी वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ। यो अवधिमा देशभरका सबै स्वास्थ्य संस्थाबाट जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोपहरू पूर्ण निःशुल्क रूपमा प्रदान गरिनेछ। खोप सुरक्षित भएकाले ढुक्का भएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार खोपको प्रभावकारिताका कारण नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६.५ प्रतिशत हजार जीवित जन्ममा (७८ प्रतिशत ले) घटेको छ ।

प्रतिकया दिनुहोस्