स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका वडा नं ३ले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ। शिविरको व्यवस्थापन वडा स्तरिय महिला संजाल र आधारभूत स्वास्थ्य सेवा केन्द्रले गरेको थियो।
वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाडले नगरपालिकाले स्वास्थ्य सेवामा जोड दिँदै आ आएको बताउनु भयो। उहाँले भन्नुभयो, “भौतिक विकाससँगै मानवीय स्वास्थ्यको पहुँच सबैका लागि सहज बनाउन हामी शहरी स्वास्थ्य केन्द्र, निजी अस्पतालसँग सहकार्य गर्दै नियमित परिक्षण कार्यक्रम गर्दै आएका छौँ।”
शिविरको उद्घाटन सत्रमा स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, वडा सदस्य चुडा कुमारी विष्ट, र आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज ठानेश्वर बस्यालले बोल्दै पछिल्लो समयमा नसर्ने रोगका बिरामीहरु बढेको उल्लेख गर्दै खानपान र दैनिकीमा सचेत रहन सुझाव दिनुभयो।
शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शर्मिला शर्मा, कन्सल्टेट फिजिसियन डा. कपिल गौतमसहित अन्य स्वास्थ्यकर्मीहरुले परिक्षण गर्नु भएको थियोे। वडा अध्यक्ष कल्याण पौडेलले भन्नु भयो “वडाबासीले शिविरमा उत्साहपूर्वक सहभागिता जनाएको र महिलाहरुको स्वास्थ्यमा सकारात्मक योगदान पुगेको वताउनु भयो,”। कार्यक्रमको सञ्चालन वडा सचिव गोकुल गिरीले गर्नु भएको थियो।


प्रतिकया दिनुहोस्