नसर्ने रोग स्क्रिनिङ्ग अभियान: पाल्पा, प्युठान र अर्घाखाँचीलाई सम्मान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा माघ र फाल्गुण महिनामा सञ्चालन गरिएको ३० वर्षमाथिका नागरिकहरूको नसर्ने रोग (एनसीडी) स्क्रिनिङ अभियान–२०८२ सफलता पूर्वक सम्पन्न भएको छ। पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाले क्रमशः ११६.२३%, १०३.९७% र ११३.५८% लक्ष्य हासिल गरी उत्कृष्ट प्रदर्शन गरेका छन्।

“नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र निदान” विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले तीनै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकराज पोखरेल, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठ र अर्घाखाँचीका स्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेललाई सम्मान गरिएको थियो।

सम्मान गर्दे स्वास्थ्य मन्त्री खेम सारुले भन्नु भयो, “अभियानले लुम्बिनी प्रदेशमा नसर्ने रोगको रोकथाम, प्रारम्भिक पहिचान र उपचारमा नयाँ आयाम थपेको छ र आगामी दिनमा पनि यस किसिमका अभियानलाई निरन्तरता दिनु पर्नेछ। यसले प्रदेशमा एनसीडी नियन्त्रणमा नयाँ उचाइ थपेको छ।”

कार्यक्रममा स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशक रोशनलाल चौधरी लगायतका प्रमुख व्यक्तिहरूको पनि सहभागिता रहेको थियो।यो अभियान हाल प्रदेशका १२ जिल्लामा सञ्चालन भइरहेको छ र स्वास्थ्य मन्त्रालयले यसलाई निरन्तरता दिने योजना बनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :