रुपन्देही: डाक्टर, इन्जिनियर, वकिलदेखि व्यापारीसम्म बने सांसद

स्वास्थ्यसमाचार/ रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले विजयी हुनुभएको छ यी क्षेत्रमा एमाले–कांग्रेस–राप्रपा–जसपाले आफ्नो विरासतका रुपमा लिएपनि रास्वपाका उम्मेदारहरुले फराकिलो मतान्तरले जित दर्ता गरेर राजनीतिलाई नयाँ कोर्षमा लगेका छन् ।

क्षेत्र नं १ २,३,४ र ५ मा गणना भएर विजयी घोषणा गरिसकिएको छ । क्षेत्र नं १ मा रास्वपाका महामन्त्री रहेका सुनिल लम्सालले ५४८४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर खत्रीको ११९८२ मत रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्जवल बोहराको ८३०१, एमालेका दधिराम न्यौपानेको ७४८८ र नेकपाका घनश्याम यादवको २१९८ मत रहेको छ ।

यो क्षेत्रमा एमालेका सचिव छविलाल विश्वकर्मा लगातार दुई पटक विजयी भएका थिए । अहिले भने उहा उम्मेदार नभएर केन्द्रीय सदस्य न्यौपानेलाई अघि सारेका थिए ।

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले उस्तै फराकिलो मतान्तरमा जित निकाल्नु भएको छ् । खरेलले ०६४ देखि लगातार फराकिलो मतान्तरले जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेर सबैलाई आश्चर्यमा पार्नु भयो् ।

खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र पाउनु भएको छ । त्यसैगरी ०५६ सालमा केन्द्रमा जितेको र यो क्षेत्रमा पर्ने सबै स्थानीय तहमा निर्वाचित रहेको नेपाली कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नु भएको छ।

रुपन्देही–३ मा रास्वपाका डा.लेखजङ्ग थापाले अझै ठूलो मतान्तरले जित्नु भयोे । उहाले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गर्नु भयोे । संभव त अहिलेसम्म यति ठूलो मतान्तरले निर्वाचन जितेको तथ्यांक भेटिएको छैन । थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले आठ हजार ४३५ मत ल्याएर प्रमुख प्रतिस्पर्धी बन्नु भयो।

स्थानीय र कांग्रेसको जनसंगठनमा काम गरेका अनुभवी मानिएका उहालाई थापाले यति ठूलो मतान्तरमा सीमित गरेका गर्नु भयो् । एमालेका वासुदेव घिमिरेले आठ हजार २७८ मत प्राप्त गर्नु भयो् । उहा पूर्वसांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व चर्चित मेयर समेत रहनु भएको थियो । ०७९ को निर्वाचनमा यहाँ राप्रपाले जितेको थियो भने त्यसअघि एमाले कांग्रेसले जित्दै आएका थिए ।

त्यस्तै रुपन्देही–४ बाट रास्वपाका कन्हैया बनियाँ निर्वाचित हुनुभयो् । उहाले नेकपा एमालेका प्रमोदकुमार यादवलाई पराजित गर्नु भयो् । बनियाँले २८ हजार ६६ मत प्राप्त गर्दा यादवले २० हजार २६२ मत प्राप्त गर्नु भयो । नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गर्नु भयो् । यो क्षेत्रमा लगातार जित्दै आएका जसपाका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला भने ३४१० मतमा सीमित हुनुभयो।

उहाँ ०४८ सालदेखि यो क्षेत्रमा लगातार लड्दै आउनु भएको थियो । रोचक पक्ष त अहिले निर्वाचित बनिया ०७९ मा शुक्लालाई जिताउन उहाँकै पार्टीमा रहनु भएको थियो भने प्रदेश सभामा सदस्य समेत रहनु भएको थियो । प्रदेश सभा छाडेर लडेका उहा आफ्ना गुरुलाई चौथो स्थानमा समेटेर जित दर्ता गर्नु भयो् । अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा सुरुवातमा निकै प्रतिस्पर्धा देखिएपनि अन्तिममा बनियाले जित निकाल्नु भएको हो ।

रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित हुनुभयो । व्यवसायिक पृष्ठभूमिका खानले नेकपा एमालेका नेता खिमलाल भट्टराईलाई फराकिलो मतान्तरले जित्नु भएको हो् । यहाँ नेपाली कांग्रेसका नेता भरतकुमार शाह लामो समयदेखि जित्दै आउनु भएको थियो भने ०७९ मा पराजित हुनु भएको थियो अहिले भने उहाँ तेश्रो स्थानमा आउनु भएको छ ।

भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, र नेकपाका वकिल मुसलमानले ६ हजार १७६ मत प्राप्त गर्नु भएको छ् । यसरी रुपन्देहीका ५ वटै निर्वाचनमा रास्वपाले फराकिलो मतान्तरले क्लिनसीप गरेर यसअघिका किल्ला भत्काएको हो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :