रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना: २ को मृत्यु, ७ घाइते लाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

काठमान्डौ/ रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सोमबार देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा ले जानकारी दिएका छन्। उनको मन्थली अस्पताल मा उपचार भइरहेको अवस्थामा निधन भएको हो।

घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटाइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षक समेत रहेका थिए।

दुर्घटनामा घाइते सात जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। गाडीमा निर्वाचन कर्मचारी तथा मतदान सामग्री रहेको जनाइएको छ।

घाइतेहरूको विवरण:

भीमबहादुर मानन्धर (शिक्षक)

सम्बरबहादुर मानन्धर (चालक)

कृष्णप्रसाद घिमिरे (शिक्षक)

दुर्गा कार्की

सविना खड्का

केदारकुमार रोक्का

पूजादेवी सुनुवार

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :