रास्वपाको बाचापत्र: शत प्रतिशत स्वास्थ्य बीमा र गुणस्तरीय सेवा

(पूर्णपाठसहित)

स्वास्थ्यसमाचार /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी बाचापत्र ‘नागरिक करार’ सार्वजनिक गर्दै जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने घोषणा गरेको छ।

यस प्रणाली अन्तर्गत हरेक नागरिकका लागि शत प्रतिशत स्वास्थ्य बीमा, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, साथै सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण प्राथमिकतामा राखिएको छ।

पार्टीले बाचापत्रमा डिजिटल सुशासन, चुस्त सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणलाई पनि मुख्य प्राथमिकता दिएको छ। सरकारी सेवामा लाइन बस्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने र राष्ट्रिय परिचयपत्रलाई सेवाको आधार बनाउने प्रतिवद्धता सार्वजनिक गरिएको छ।

रास्वपाले स्वास्थ्य, शिक्षा र सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट मुक्त गर्ने तथा प्रत्येक नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने नीति अघि सारेको छ। पार्टीले आर्थिक क्षेत्रमा ‘मेक इन नेपाल’, स्टार्टअप प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिने जनाएको छ।

(पूर्णपाठसहित)

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :