तिलोत्तमा जेसिजको पदस्थापना: वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. भुसाल सम्मानित

स्वास्थ्यसमाचार/ तिलोत्तमा जेसिजले आफ्नो १४औँ पदस्थापना दिवसको अवसरमा दुई जना सामाजिक योगदानकर्तालाई सम्मान गरेको छ।

ड्राइभरटोलमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा हेपाटोलोजिस्ट डा. मोहन भुसाललाई सम्मान गरिएको हो। Gastro Center, बुटवलमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा कार्यरत डा. भुसालले राजधानी बाहिर पनि अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।

त्यसैगरी, सर्पदंश उपचारमा लामो समयदेखि सक्रिय रहेका विशाल पाण्डेलाई पनि सम्मान दिइएको थियो। समारोहमा तिलोत्तमा जेसिजका अध्यक्ष सिनेटर प्रकाश न्यौपाने, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल तथा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष नवराज उपाध्यायले डा. भुसाल र पाण्डेलाई संयुक्त रूपमा सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले भने, “तिलोत्तमा जेसिजले लामो समयदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ। सामाजिक उत्तरदायित्वका साथ जेसिजको भुमिका महत्वपूर्ण छ।”

सो अवसरमा वर्ष २५ का अध्यक्ष प्रकाश न्यौपानेले वर्ष २६ का अध्यक्ष रामु रोकालाई पद हस्तान्तरण समेत गरेका थिए। नयाँ अध्यक्ष रोकाले आफ्नो कार्यकाल सफल बनाउने प्रतिवद्धता जनाएका थिए।

सम्बन्धित शिर्षक :