रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापाको उम्मेदवारी दर्ता

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ बाट डा. लेखजंग थापा  उम्मेदवारी दिएका छन् ।

आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको छ। पार्टीले डा. थापालाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार चयन गरेको हो।

रुपन्देही–३ बाट उम्मेदवार बनेका डा. थापा पेशाले न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा डिएम तथा न्युरोलोजीमा एमडी अध्ययन पूरा गरेका छन्।

स्वास्थ्य क्षेत्रको लामो अनुभव बोकेका डा. थापाले स्वास्थ्य सेवा सुधार, गुणस्तरीय उपचारमा पहुँच र स्वास्थ्य प्रणाली सुदृढीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताइएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :