नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन

सचिव गिरी, र कोषाध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी तथा सल्लाहकार चयन गरिएको छ । संस्थाको मंगलबार बुटवलमा बसेको कार्यसमिति बैठकले कार्यमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो ।

त्यसैगरी आजिवन सदस्यबाट सल्लाहकार मनोनयन गरिएको हो । संस्थाको वैधानिक व्यवस्था अनुसार खुल्ला उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महिला उपाध्यक्षमा विना न्यौपानेलाई चयन गरिएको छ ।

त्यस्तै सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा गुणनिधी खनाल, सहसचिवमा तेजनारायण अर्याल र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई चयन गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

त्यसैगरी संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरे, निवर्तमान अध्यक्ष निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, डा रोहितराज क्षेत्री, हरिप्रसाद अर्याल, चिरञ्जीवी जोशी, भिम तुलाचन र पुरुषोत्तमभक्त प्रधानाङ्गलाई सल्लाहकारमा मनोनयन गरिएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको हालै सम्पन्न छैठौं जिल्ला अधिवेशनले खिमबहादुर हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । नवनिर्वाचित कार्यसमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :