बुटवलमा ‘LIMS CUP २०२५’ फुटसल सम्पन्न, ‘द ह्वाइट कोट एफसी’ विजेता

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा बुटबलमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । १८ टोली सहभागी ‘LIMS CUP २०२५’ फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो।

प्रतियोगितामा उपबिजेता बनेको टोली “The Pharma Team” ले २० हजार नगदसहित ट्रफी प्राप्त गर्‍यो भने बिजेता टोली “The White Coat FC” ले ५० हजार नगदसहित ट्रफी हासिल गर्‍यो।

‘Man of the Tournament’ को पुरस्कार बिप्लव श्रेष्ठ (The White Coat FC) लाई प्रदान गरिएको थियो। प्रतियोगिताको संयोजन डा. सुभाष ज्ञवाली र संचालन डा. सुमन आचार्यले गर्नु भएको थियो । ट्रफी, चेक, मेडल र प्रमाणपत्र वितरण लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका सिनियर भाइस प्रेसिडेन्ट डा. नन्दु पाठक, डा. किशोर खत्री, डा. सुरेश थापा र डा. नेत्र रानाले गर्नु भयो ।

कार्यक्रममा Legends Cup अन्तर्गत तीन टोली “LPH Legends, LIMS Legends र Little Star FC” बीच मैत्री खेल आयोजना भएको थियो, जसमा Little Star FC विजेता रह्यो।

१८ टोलीको मुख्य प्रतियोगितामा करिब २०० दर्शक उपस्थित थिए। आयोजक डा. सुभाष ज्ञवालीका अनुसार, प्रतियोगिताको उद्देश्य मेडिकल फिल्डका विभिन्न विधाका स्वास्थ्यकर्मीहरूलाई एकै स्थानमा ल्याई खेल, स्वास्थ्य, भाईचारा र आपसी सम्बन्ध सुदृढ गर्नु रहेको थियो।

सम्बन्धित शिर्षक :