लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले शनिबार फुटसल प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले शनिबार फुटसल प्रतियोगिता गर्ने भएको छ ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (LIMS) द्वारा आयोजित पत्रकार सम्मेलनमा  कार्तिक २९ गतेदेखि ‘LIMS Cup Futsal Tournament 2025’ हुने जनाएको छ । सम्मेलनमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

खेल संयोजक डा. शुभाष ज्ञावलीका अनुसार, प्रतियोगिता स्वास्थ्य क्षेत्रका पेशेवरबीच आपसी सहयोग, मैत्री सम्बन्ध र भाइचाराको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। उहाँले यस टुर्नामेन्टलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो।प्रतियोगितामा विभिन्न अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थासँग सम्बन्धित १८ टोलीको सहभागिता रहनेछ।

उद्घाटन खेल Lumbini City र  MELAN बीच हुने तय गरिएको छ। अन्य प्रतिस्पर्धी टोलीहरूमा“White Coat FC, NMA, Lumbini City, MELAN, Butwal Hospital, NCDA, DDMC, UCMS, GBC, PhAN Lumbini, NMSRA, LPH-A, LPH-B, The Great Mates, PEAN Lumbini, The Pharma Team, LMC, Crimson Hospital लगायतका टोली सहभागी हुनेछन्।

पत्रकार सम्मेलनमा डा. शुमन आर्चाय, डा. कमल आर्चाय लगायतले प्रतियोगिताको तयारी र उद्देश्यबारे जानकारी दिनुभएको थियो। खेलहरू तिलोत्तमा–२, जानकीनगरस्थित फुत्सल सेन्टरमा सञ्चालन गरिने र सम्पूर्ण तयारी पूरा भएको संयोजक ज्ञावलीले जानकारी दिनुभयो।

LIMS का पदाधिकारीहरूका अनुसार, स्वास्थ्यकर्मीबीच खेलकुदका माध्यमबाट सहकार्य र टीमवर्कको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ। आयोजकले ५० हजार राशीको पुरस्कार राखिएको डा ज्ञाबलीले बताउनु भयो ।

सम्बन्धित शिर्षक :