स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला पाँच वर्षमा सर्जरी सेवामा उल्लेख्य वृद्धि भएको छ। अस्पतालका तथ्यांक अनुसार २०७७/७८ आर्थिक वर्षमा ५,९८७ वटा सर्जरी गरिएकोमा २०८१/८२ मा बढेर ९,६७६ पुगेको छ।
मेसु डा इन्द्र ढकालका अनुसार अस्पतालले सेवा विस्तार, दक्ष जनशक्ति परिचालन र अत्याधुनिक उपकरण थपसँगै सर्जरी सेवाको दायरा उल्लेख्य रूपमा विस्तार भएको बताउनु भयो ।हो। “हामीले नयाँ विशेषज्ञ र प्राविधिक स्रोत थपेका छौं, जसले सेवा गुणस्तर र पहुँच दुवै बढाएको छ,” उहाँले बताउनुभयो।
अस्पतालले सामान्य देखि जटिल सर्जरीसम्मका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। सर्जरी केस मात्र होइन, ओपीडी, इनडोर र इमर्जेन्सी सेवामा पनि निरन्तर वृद्धि भएको अस्पतालले जनाएको छ।
डा ढकालका अनुसार आगामी वर्षमा सर्जरी सेवालाई अझ सुदृढ बनाउन नयाँ अपरेशन थिएटर र उपकरण थप्ने तयारी भइरहेको छ। “प्रदेशकै उत्कृष्ट अस्पतालको रूपमा लुम्बिनी प्रादेशिक अस्पताललाई अझ सक्षम र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ,” उहाँले भन्नु भयो ।
ओपीडी सेवा तर्फ वार्षिक करिब ४ लाख जनताले सेवा लिने गरेको अस्पतालको तत्याक रहेको छ ।


प्रतिकया दिनुहोस्