स्वास्थ्यसमाचार/ नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले शुक्रबार पदभार ग्रहण गरेकी छन्। दिउसो शीतल निवासमा शपथग्रहण गरेपछि उनले अपरान्ह मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन्।
कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइतेलगायतका व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने घोषणा गरेकी छन्।
पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्माले आफू मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन्। साथै उनले जेन जी आन्दोलनका शहीद परिवारको स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिने योजना बनाएको जानकारी दिइन्।
डा. शर्माले जेन जी आन्दोलनका शहीद परिवारलाई निशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सल्लाह गर्ने तयारीमा रहेको जानकारी दिइन्।
उनले जटिल अवस्थामा स्वास्थ्यको नेतृत्व गर्न आएको भन्दै भ्रष्टाचारविरुद्ध र सुशासनमा आफ्नो प्रयास रहने पनि स्पष्ट पारिन्।

प्रतिकया दिनुहोस्