स्वास्थ्यसमाचार/ रुकुमका नर्सिङ कर्मचारीहरूलाई लक्षित गरी मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ। स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजनामा र नेपाल जागरण मञ्च रुकुमको सहकार्यमा सञ्चालन भएको यो तालिम मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको हो।
स्वास्थ्य तालिम केन्द्र बुटबलका निमित्त निर्देशक भुबन कुबँरको अध्यक्षता तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिब शार्कीको बिशिष्ठ आतिथ्य तथा मनोरोग बिषेशयज्ञ बिनोद पौडेल नेपाल जागरण मञ्च रुकुमका सचिब दिपेन्द्र महतरा लगायको आतिथ्यमा तालिम सुभारम्भ भएको थियो ।
तालिम शुभारम्भ कार्यक्रममा स्वागत गर्दे स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव सार्कीले नेपालमा गैर–संक्रामक रोगहरू (NCDs) मध्ये करिब १८ प्रतिशत समस्या मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको वताउनु भयो ।
उहाले १३ देखि १७ वर्षका किशोर–किशोरीमध्ये करिब ६ प्रतिशत र १८ वर्षभन्दा माथिका वयस्कमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको बताउनु भयो। उहाले विशेषगरी प्रजनन उमेर समूहमा आत्महत्याको समस्या अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै यसलाई सामाजिक तथा स्वास्थ्य दुवै दृष्टिले सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
उहाले मानसिक स्वास्थ्य अझै पनि अन्य स्वास्थ्य सेवाको तुलनामा ओझेलमा परेको वताउनु भयो । यसैले तालिम केन्द्रले नर्सिङ कर्मचारीलाई विशेष तालिम दिई मानसिक स्वास्थ्यलाई समुदायस्तरमै प्रभावकारी ढंगले अघि बढाउने प्रयास गरेको सार्कीले बताउनु भयो ।
मनोबिद विनोद पौडेलले मानसिक स्वास्थ्य सेवालाई समुदायमा प्रभावकारी बनाउन स्थानीय तहमार्फत नर्सहरूलाई तालिम दिनु अत्यन्तै महत्वपूर्ण रहेको बताएका वताउनु भयो । उहाले मानसिक स्वास्थ्य समस्या केवल औषधिले मात्र समाधान नहुने भन्दै दीर्घकालीन रुपमा सचेतना अभिवृद्धि नै सबैभन्दा प्रभावकारी उपाय हुने बताउनु भयो।
पौडेलले भन्नु भयोे, “औषधि त आवश्यक पर्छ, तर मानसिक स्वास्थ्य सुधारमा त्यसको प्रभाव सीमित हुन्छ। यसको भन्दा बढी परिणामकारी कुरा भनेको समाजमा सचेतना जगाउने हो। सचेतना बढेपछि बिरामीले सहजै स्वास्थ्य संस्था धाउँछन्, परिवारले सहयोग गर्छन्, र समुदायले उनीहरूलाई स्वीकार्छ।”
त्यसैगरी, नेपाल जागरण मञ्च रुकुमका सचिव दिपेन्द्र महतराले संस्थाले स्थापना भएको २०६६ सालदेखि नै मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, शिबिर र तालिम लगायतका कार्य गर्दै आएको वताउनु भयो ।
उहाले रुकुममा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कार्यमा आफ्नो संस्था नै सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै भन्नु भयोे,। सचिव महतराले भन्नु भयो संस्थाले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे चेतना जगाउने, शिबिर संञ्चालन गर्ने विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, कार्य गर्दै आएको वताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुबन कुबँरले बोल्दै मानसिक स्वास्थ्य चुनौतीका रूपमा रहेको र स्वास्थ्यकर्मीहरूको सक्रिय भूमिका अपरिहार्य रहने बताउनु भयो । उहाले मानसिक समस्या शारीरिक रोगभन्दा कम खतरनाक नभएको भन्दै समयमै पहिचान, उचित परामर्श र उपचारले मानिसलाई सामान्य जीवनमा फर्काउन सकिने भएको बताउनु भयो ।
उहाले मानसिक स्वास्थ्यप्रति अझै पनि समाजमा गलत बुझाइ, लाज र छिपाउने प्रवृत्ति रहेको वताउनु भयो । निर्देशक कुबरले भन्नु भयो “मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ।यसले केवल बिरामी व्यक्तिलाई मात्र होइन, परिवार र समुदायलाई समेत प्रभावित पार्छ। त्यसैले स्वास्थ्यकर्मीहरूले नजिकबाट बुझ्ने, प्रारम्भिक उपचार दिने र आवश्यक परामर्श तथा सिफारिस गर्ने काममा अग्रसर हुनुपर्छ।”
उहाले स्वास्थ्य तालिम केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी तालिमलाई प्राथमिकतामा राखेको बताउँदै स्वास्थ्यकर्मीलाई आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यास गराउने कार्यक्रम सञ्चालन भइरहेको वताउनु भयो। यसमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै मानसिक स्वास्थ्य सेवाको पहुँच पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको उहाको भनाई छ ।
“मानसिक स्वास्थ्य समस्या बोल्दा मात्र समाधान हुँदैन, यसको लागि व्यावसायिक तालिम र स्वास्थ्यकर्मीको निरन्तरताले निमुल बनाउन सकिने बताउनु भयो ।”तालिममका रुकुमका १३ जना नर्सहरु सहभागिता रहको बताईएको छ । तालिमको संञ्चालन नसिङ निरिक्षक सबिता ज्ञाबलीले गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्