निजामती सेवा दिवस :स्वास्थ्यका श्रेष्ठलाई प्रदेश निजामती र कवांर लाई शान्तना पुरकार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका निजामती कर्मचारीलाई सम्मान गर्ने उद्देश्यले यस वर्ष स्वास्थ्य क्षेत्रका दुई जनालाई प्रदेश निजामति सेवा पुरस्कार प्रदान गरिने भएको छ।

निजामती कर्मचारीलाई सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार, उत्कृष्ट निजामति कर्मचारी सेवा पुरस्कार र निजामति सेवा पुरस्कार दिने मापदण्ड अनुरूप स्वास्थ्यतर्फबाट १ जनाले प्रदेश निजामति सेवा पुरस्कार र १ जनाले सान्त्वना पुरस्कार पाउने भएका छन्।

स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखा प्रमुख ईश्वरी केसीका अनुसार सिफारिस हुनेमा स्वास्थ्य कार्यालय रुकुमका कोल्ड चेन निरीक्षक मनोज कुमार श्रेष्ठलाई प्रदेश निजामति सेवा पुरस्कार र स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स सिता कवाँर लाई शान्तना पुरस्कार रहेको वताउनु भयो ।

मन्त्रालयले विभिन्न ३ वटा मापदण्डलाई आधार मानेर छनोट गरिएको जानकारी दिइएको छ। पुरस्कार आगामी असोज ३ गते संविधान दिवसका दिन विशेष समारोहबीच प्रदान गरिनेछ। यसैगरी अन्य मन्त्रालय तथा कार्यालयतर्फबाट गरी कुल ९ जनालाई पुरस्कार दिइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सम्बन्धित शिर्षक :