लुम्बिनीमा बाल तथा मातृमृत्यु दर उच्च, पोषण अभाव मुख्य कारण

रुपन्देहीका विद्यालयमा पोषण सुधार लक्ष्य चुक्दै, खाजा कार्यक्रम कमजोर :सभापती चपाई

स्वास्थ्यसमाचार / जिल्ला समन्वय समिती रुपन्देहीका सभापती उमाकान्त चपाईले विद्यालयमा दिइने दिवा खाजामा गम्भिर लापरवाही हुने गरेको बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भैरहवामा आयोजना गरेको पोषण अवस्थामा सुधार एवं वाल तथा मतृ मृत्युदर घटाउनका लागी स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यशाला गोष्ठीमा बोल्दै चपाईले आफु जिल्लाको अधिकाशं सरकारी विद्यालयमा पुगेर हेर्दा दिवा खाजा कार्यक्रममा गम्भिर लापरवाही हुने गरेको फेला पारेको बताए ।

चपाईले विद्यालयहरुले दैनिक रुपमा दिइने खाजाको सुची नबनाएको, तातो सुजी प्लाष्टिकको बाल्टी बाट प्लाष्टिककै झोलामा पोको पारेर बितरण गर्ने गरेको, सुजि र चाउचाउ बाहेक खाजानै दिने नगरेको प्रमाण आफुले फेला पारेको बताए । वालवालिकाको पोषणको लागी भनेर ल्याएको दिवा खाजा कार्यक्रममा लापरवाही गरिनु गम्भिर बिषय भएको जनाए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रदेशमा वाल तथा मातृमृत्यु दर देशमै सबैभन्दा बढि रहेको र आफुहरुले घटाउने प्रयास गरेपनि अपेक्षित रुपमा घटाउन नसकेको बताइन् । श्रेष्ठले पोषणयुक्त खानेकुरा नखादा वाल तथा मात्रृमृत्यु हुने गरेको बताइन् ।

कार्यक्रममा सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद श्रीवास्तव, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, मायादेवी गाउँपालिका अध्यक्ष धुर्व नारायण चौधरी, बिभिन्न पालिकाका प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला स्वास्थ कार्यालय रुपन्देहीको समन्वयमा भएको थियो ।

सम्बन्धित शिर्षक :