स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अब क्रिमसन अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्र्तगत प्रसुति सेवालाई पुर्णतः निःशुल्क हुने भएको छ ।
आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ अनुसार सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम हो ।
विशेषगरि यो कार्यक्रम अन्र्तगत अब क्रिमसन अस्पताल आई उपचार गराउने सेवाग्राहीले नर्मल डेलिभरी सेवा, अप्रेसन सेवा, एन-आइसीयु, प्रसुति सेवा, आमा तथा नवजात शिशुको उपचार र औषधीहरु गर्दा अब नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप यो सेवा लिए बापत सेवाग्राहीले अब कुनै शुल्क तिर्नुपर्ने छैन” ।
यतिसम्म कि प्रादेशिक अस्पतालले उपलब्ध गराउने सम्पुर्ण सेवासुविधा अब क्रिमसन अस्पतालबाटै उपलब्ध गराउने सम्झौता भएको क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । अब आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागी घण्टौँ लाइन बस्नुपर्र्नेे, भिडभाड र पालो कुर्नेपर्ने सबैखाले समस्याको समाधान एकसाथ भएको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले क्रिमसनबाटै सेवा लिई डेलिभरी भएका आमाहरूको हकमा तराई क्षेत्रबाट सेवा लिन आएकाहरुको हकमा रु १०००, पहाडी क्षेत्रबाट आएकाहरुलाई रु २००० तथा हिमाली क्षेत्रबाट आई क्रिमसनमा डेलिभरी भएकाहरुलाई यातायात खर्च तथा उत्प्रेरणा रकम स्वरुप नगद रु ३००० प्रदान गर्ने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
साथै उनले ४ चारपटक गर्भवती सेवा लिएबापत उत्प्रेरणा स्वरूप यातायात खर्च महिलाले प्रसूति सेवा लिन आउँदा प्रोटोकल अनुसार चारपटक गर्भवती जाँच गराएको कार्ड प्रस्तुत गरेमा रु ८०० उत्प्रेरणा बापत को रकम उपलब्ध गराइने बताए।
अस्पतालका प्रमुख प्रशासकिय अधिकृत मनमोहन भट्टराईले तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच सुरक्षित मातृत्व प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरिएको बताए । आइतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको भट्टराईले जनाए ।
यो कार्यक्रमले सबै महिलाको पहुँच सुनिश्चित गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हुने गरेको अत्यधिक चापलाई समेत कम गर्ने अपेक्षा गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाडले जानकारी दिए।
उनले यो सेवा सहज र छिटो उपलब्ध गराउने व्यवस्था भएकाले मातृमृत्यु दरमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा लिइएको बताए साथै तिलोत्तमा नगरपालिकाले यो कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको सफल र उल्लेखनीय उपलब्धिका साथै स्वास्थ्यमा आमा महिलाहरूको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
प्रतिकया दिनुहोस्