स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ बाट सात जना सम्मानित

स्वास्थ्यसमाचार/यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थय पुरस्कार’ सात जनाले प्राप्त गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग न्यूनीकरणमा विविध क्षेत्रबाट योगदान गर्दै आएका ६ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुरस्कार प्रदान गर्दै आइरहेको थियो ।

तर यसपटक सात जनालाई पुरस्कार प्रदान गरिएको हो । जनही रु। ५० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।शनिबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा विशेष समारोह गरी पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुनेहरूमा डा तारासिंह बम, कल्पना आचार्य , रामप्रसाद न्यौपाने बुद्धि कट्टेल र पुष्प राज चौलागाईँ रहनुभएको छ । त्यस्तै रुद्रलाल कडरिया क्यान्सर परिषद् नेपाल र लक्ष्मीनारायण देव रहनुभएको छ ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उहाँहरूलाई पुरस्कृत गरिएको हो ।पुरस्कारका लागि यस क्षेत्रमा कार्य गरिरहनुभएका २८ जनाले आवेदन दिनुभएको बताइएको छ ।

यसैगरी मन्त्रालयले विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२५ का अवसरमा आयोजना गरिएको सन्देशमूलक भिडियो प्रतियोगितामा चार भिडियो उत्पादकलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा कान्तिपुर डेन्टल कलेजको समूहले तयार पारेको ‘युथ अनगेन्स्ट टब्याको’ शीर्षकको भिडियो विजयी भएको थियो ।

त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवाको टोलीले तयार पारेको भिडियो दोस्रो तथा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रले तयार पारेको ‘विश्व धूम्रपान दिवस’ शीर्षकको भिडियो तेस्रो भएको थियो ।सान्त्वनाका रूपमा एनिमेसनमार्फत् बनाइएको भिडियो सन्देशलाई विशेष पहिचान दिइएको थियो ।

सम्बन्धित शिर्षक :