लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन भव्य रूपमा सम्पन्न

रुपन्देही बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ ।

तिलोत्तमा १४ मा रहेका टाईगर प्यालेसमा भएको सम्मेलनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले उदघाटन गर्नु भयो ।उदघाटन समारोहमा बोल्दै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य क्षेत्र को समग्र विकासको लागि नीजि क्षेत्र र राज्य मिलेर काम गर्नु पर्ने बताउनु भयो।

उहाले चिकित्सकले आफनो ब्यवसायिक मर्यादा कायम राख्नु पर्ने र आफ्नो क्षेत्र बाट लाग्नु पर्ने बताउनु भयो ।उहाले नबिनतम खोज अनुसन्धान अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नु राम्रो रहेको समेत बताउनु भयो ।

 

लुम्बिनी प्रदेशका १०० जना भन्दा बढि विशेषज्ञ चिकित्सक, चिकित्सकको सहभागीता रहेको ग्याष्ट्रो सम्मेलनमा चिकित्सकहरुको अनुभव, प्रविधिको प्रयोगबारे जानकारी गराउदै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सम्मेलनमा रिसेन्ट एड्भान्स ईन लिभर ट्रान्सप्लान्ट को बारेमा बिएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजोको प्रत्यारोपण तथा यस संग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।यस्तै लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले जनावरबाट फोक्सो तथा अन्य अंगहरुमा मर्ने रोग सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यस्तै बरिष्ठ ग्याप्ट्रोलोजिष्ट डाक्टर संदिपराज कुवँर पेटरोग हथा इन्डोस्कोपी उपचार विधि बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।बरिष्ठ डाक्टर रेडियोलोजिष्ट शोभित सिहले कलेजो सम्बन्धि रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग बारेमा कार्यपत्र गर्नु भएको थियो ।

त्यस्तै डा. पुकार थापाले औषधी तथा CAMले कलेजोमा गर्ने र यसको नविनतम उपचार प्रविधिको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रम संयोजक समेत रहेका पेट, आन्द्रा, कलेजो तथा बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारेमा कार्यपत्र गर्नु भएको थियो ।

 

बरिष्ठ ग्याष्ट्रोलोजिष्ट डाक्टर रविन हमालले एक्यूट प्याडक्रियाटाइटिस र यसको समाधान वारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ग्याष्ट्रोसम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले विभिन्न विधामा आ आफ्नो विचार, मन्थन तथा अन्तरक्रिया भएको ग्याष्ट्रोसेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुषालले वताउनु भयो ।

उहाले पछिल्लो समयमा पेट तथा आन्द्रा, कलेजोसम्बन्धी भएका नया अभ्यासहरु प्रयोगहरूका बारेमा जानकारी गराएको वताउनु भयो ।
उद्घाटनमा नेपाल चिकित्सक संघ लुम्विनी प्रदेश अध्यक्ष डा कृष्ण खरेलको लुम्बिनी इन्टरनल मेडिसीन सोसाइटीका अध्यक्ष डा बिष्णु पौडेल लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल लगायतको सहभागीता रहेको डा भुसालले बताउनु भयो ।

सम्मेलनमा रुपन्देही, गुल्मी, पाल्पा, अघांखांची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु, जिल्लाबाट सबै विषयका विशेषज्ञ डाक्टर चिकित्सकहरु सहभागीता रहेको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित शिर्षक :