स्वास्थ्यसमाचार नेपाल चिकित्सक संघ लुम्बिनीले जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।
सरकारले उनीहरुको मागको बेवास्ता गरेपछि देशभरका प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको नेपाल चिकित्सक संघ लुम्बिनीका उपाध्यक्ष डा बर्षा थापाले बताउनु भयो ।
चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तह सहर भत्ता दिन नसक्ने बताउँदै आएका छन् ।
माग सम्बोधन नभए भोली वाट आन्दोलनका कार्यक्रम गर्ने बताउनु भयो।
यस्ता छन आन्दोलनका कार्यक्रमहरु
प्रतिकया दिनुहोस्